प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे गिरावट

-



     सफल आवाज    
     श्रावण २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ साउन । साताको सेयर काराेबार हुने पाँचाै तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नकारात्मक लय देखिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९६ अंकले घटेको छ।

बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा उक्लिएकाे थियाे । आजको प्रि ओपनमा नेप्से १.९६ अंलेक घटेर २०५८.९५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ।

यसदिन प्रि ओपन सेसनमा १८ कम्पनीहरुकाे १ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएकाे छ । यसबाट ६ लाख ६३ हजार ४५८ रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

उनीहरुमा ११ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ७ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी रहेका अन्य कम्पनीहरुको सेयमूल्यमा भने कुनै फेरबदल नभएकाे नेप्सेले जनाएकाे छ ।