औषधीय गुणयुक्त ड्रागन फ्रुट : घरकाे छत र करेसाबारीमा फलाउन सकिने

-



     सफल आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ साउन । पछिल्लाे समयमा देशका विभन्न भागमा ड्रागन फ्रुटकाे खेती बिस्तार भइरहेकाे छ । यसकाे खेतीमा नेता, जनप्रतिनधि, युवा र परम्परागत कम रकम कमाइ हुने पेशाबाट दिक्क भएका व्यक्तिहरु र किसान यसकाे खेतीमा लागेर लाभ लिइरहेका छन्

के हाे ड्रागन फ्रुट ?

ड्रागन फ्रुट गर्मि र सुख्खा हावापानीमा हुर्किन्छ । याे एउटा सिउडि प्रजातीको फलफुलकाे बिरुवा नै हो। याे फल Cactaceae परिवारकाे सदस्य हाे । यसको वैज्ञानिक नामकरण Hylocereus Undatus गरिएकाे छ । यसकाे बिरुवा कमजाेर र लत्रिने खालकाे भएकाेले टेकासाे लगाउनु पर्छ । बलियाे बनाउनका लागि अहिले सिमेन्टका एक मान्छे जत्तिका अग्ला टेकाेकाे सहारा वा खम्बाहरु गाडेर सहारा दिने गरिएकाे छ ।

याे फल ड्रागनकाे मुखाकृतिकाे जस्ताे स्वरुपकाे हुने भएकाेले नामाकरण पनि ड्रागन फ्रुट गरिएकाे हाे । यसकाे स्वाद गुलियो र न्यून अमिलो खालकाे हुन्छ । बजारमा यसलाइ १५० ग्रामदेखि एक केजी, साढे एक केजीसम्मकाे र सप्रीएकाे फल २ केजी सम्मकाे पाउन सकिन्छ । याे फल रातो, सेताे बोक्रा भएकाे र भित्रकाे गुदी प्रजाती अनुसार सेताे, राताे र पहेलाे रङ्गमा पाइन्छ ।

उत्पत्ती र विकास

ड्रागन फ्रुट उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा पाइने बिरुवा हाे। कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लागयतका देशहरुमा खेती हुने गरेको पाईन्छ । पछी एशियाका थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया लागयतका देश हुँदै नेपालमा भित्रीएको छ।

नेपालमा ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन्। नेपालमा भने यसको खेति काभ्रे सुनसरी रुपन्देहि गोरखा झापा धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गर्दै आईएको छ। अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।

हावापानी र माटो

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५० – १५० सेन्टिमिटर बर्षा र २० -३० से. तापक्रम हुने ठाउमा खेती गर्द धेरै लाभ लिन सकिन्छ ।

पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भयकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १० – ३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुबिधा भएको ठाउंमा तराइ,भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ । माटोको पिएच ५-५ देखी ७ सम्म हुनु पर्ने छ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ।

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ। यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ।

औषधीय गुणले पूर्ण

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ।यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ।यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको गजबको तरकारी बन्छ।फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ। जो जेठदेखि असोज(कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ। फूल फुलेको चार पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ। यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

ड्रागन फ्रुटका बारेमा बढी जान्न तल बक्सकाे सामग्री अध्ययन गर्न सक्नुहुन्छ । यसलाइ आयुष राज ढकाल (कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवन) ले तयार पारेका हुन् ।