
काठमाडौं, ७ मंसिर । समृद्धि फाइनान्सले १८ लाख ५१ हजार ३५७ कित्ता शेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीले शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्नका लागि आवेदन माग गरेको हो ।
कम्पनीले हकप्रद शेयरको लागि २०७७ असोज १६ गते देखि २०७७ कात्तिक ६ गतेसम्म बिक्री खुलाएको थियो । संस्थापक समूहतर्फ १३ लाख ८५ हजार २६८ तथा सर्वसाधारण समूहको लागि ४ लाख ६६ हजार ०८९ कित्ता गरेर कुल १८ लाख ५१ हजार ३५७ कित्ता शेयरको आवेदन नपरेपछि शिलबन्दी बोलपत्र आव्हान गरिएको हो ।
प्रचलित कानुनी प्रावधान अनुसार कम्पनीले उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्ने संचालक समितिको निर्णय अनुसार शेयर खरिद गर्न ईच्छुक व्यक्ति, कमम्पनीका संस्थापक र सर्वसाधारणले मंसिर १७ गतेसम्म शिलबन्दि बोलपत्र पेश गर्न सक्ने भएका छन् । कम्पनीले यसका लागि प्रतिकित्ता के कति दररेटमा लिने हो कबुलसहित आवेदन दिन आव्हान गरेको छ । शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति २०७७ मंसिर १० देखि २०७७ मंसिर १७ गते बैंकिङ समयसम्म तोकिएको छ ।
कम्पनीले बोलपत्र फाराम बि.ओ.के क्यापिटल मार्केट काठमाडौं, बैंक अफ काठमाण्डु तथा बैंक अफ काठमाण्डुका पोखरा लगायतका विभिन्न जिल्ला शाखाहरु, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा, शाखा कार्यालय काठमाडौं, रुपन्देही र ज्योती विकाश बैंक कन्चनपुरबाट प्राप्त गर्न सक्ने भएका छन् ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



