
पोखरा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गुटगत भेला पोखरामा बसेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा गुटगत भेला बसेको हो ।
माउन्ट कैलास रिसोर्टमा आइतबार बिहान ११ देखि सुरु भेला साँझ अबेरसम्म जारी छ । बिहान ८ बजे नेकपाका स्थायी कमिटी सदस्य पाण्डे पोखरा आएका थिए ।
भेलामा नेपाल निकटका करिब ३५ जना प्रदेश तथा जिल्लास्तरका कार्यकर्ताहरु उपस्थित रहेको स्रोतले जनाएको छ । भेलामा नेकपाका विपक्षी गुटअन्तर्गतका कार्यकर्ताहरुलाई उपस्थित दिइएको छैन । आफ्नो निकटका कार्यकर्ताहरुलाई प्रवेशका लागि नाम पठाएपछि भेलास्थलबाट मानिस आएरमात्र लैजाने गरेका छन् ।

स्थानीय भेलाको समन्वय नेकपा केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद चुडामणि जंगलीले गरेका हुन् । भेलामा युवा संघका केन्द्रीय नेता पूर्ण लामा, नेकपा कास्कीका नेता ओम नेपाली, अनेरास्ववियूका पूर्व उपाध्यक्ष सोभियत ढकाल लगायतको उपस्थिति छ ।
कास्कीमा वरिष्ठ नेता नेपाल पक्षधरका भनी तुलबहादुर गुरुङ, श्रीनाथ बराल समेत चिनिन्छन् । तर सो गुटगत भेलामा अन्य को–को सहभागी छन् भन्ने बारे यकिन छैन ।
चितवनमा शनिबार मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउण्डेसनको विषयमा बोल्दै गर्दा पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रमस्थलबाटै लखेटेका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



