गरिमा विकास बैंक १४औं वर्षमा

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक आजबाट १४औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा १४ वर्षअघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको यो बैंकले पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा संजाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको बताइएको छ ।

देशका सबै प्रदेश सहित बजारदेखि गाउँसम्म १०५ शाखा मार्फत बैंकले आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सफल आवाजलाई बताए ।

चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहकवर्ग, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले ग्राहकलाई बचतमा उच्चतम ब्याजदर प्रदान गर्दै आएको छ भने सहुलियत दरमा विभिन्न शिर्षकमा कर्जा सुविधा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

बैककाे केन्द्रीय कार्यालय भवन ,काठमाडाैं ।