तेश्रो दिन सुनको भाउ स्थिर, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा परिवर्तन भएको छैन । चाँदीको भाउ भने रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । यसरी भाउ स्थिर रहेपछि छापावाल सुन आज तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर कारोबार भईरहेको छ । तेजाबी सुन तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।