सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।