सन नेपाल लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि सेयर आईपीओ खुलाएकाे छ। सर्वसाधारणले ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागिसेयर निष्काशन गरी बाँडफाँड गरेपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशनकाे अनुमति प्राप्त गरेकाे थियो।

कुल सेयरबाट ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भैसकेकाे छ। ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ४ लाख ८० हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेकाे सेयरमा सर्वसाधारणले प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । ताेकिएकाे अविधसम्म पूरा आवेदन नपरेकाे खण्डमा भदाै १४ गतेसम्म आवेदन दिन पाइनेछ । यसका लागि घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।