अन्तिम दिन नेप्सेमा ८.०१ अंकको बृद्धि, साढे १ अर्बको कारोबार

- सोल्टी होटल लिमिटेडको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ साउन । केहि दिनको अन्तरालपछि नेप्सेमामा सकारात्मक माहोल खडा भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा ८ अंकको बृद्धि भएको छ । कारोबार रकममा खासै उल्लेखनीय बढोत्तरी भने भएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्द’मा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढेर ३८७.३८ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरु मध्येमा एउटामा रातो लागेको छ । बाँकी १२ वटा उपसमूहहरुमा हरियो लागेको छ ।

नेप्सेका अनुसार आज १७१ कम्पनीहरुको ४० लाख ९ हजार २६३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ ७९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको कारोबार भएको छ । सो होटलको १३ करोड ७१ लख ५ हजार ६४६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य बढेको छ । सो स्किमको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ ।