
काठमाडौं, ८ मंसिर । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले निश्कासन गरेको साधारण शेयरका लागि आव्हान गरेभन्दा बढी आवेदन परेपछि ४ लाख ७६ हजार बढीको हात खालि हुने भएको छ । आवेदन दिने अन्तिम दिन आईतबार बेलुकासम्म १२.३९ गुणा बढी आवेदन परेको जनाइएको छ ।
सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा ५ लाख ५७ हजार २८९ आवेदकको १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६६ हजार कित्ता शेयरका लागि आवेदन परेको हो । ६९ हजार कित्ता शेयरका लागि आवेदन दिएका हाइड्रा्पावरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
इदी मर्दी हाइड्रोपावरले मंसिर ३ गते सर्वसाधारणको लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर बिक्री खुला गरेको थियो । सामुहिक लगानी कोषहरुका लागि ४३ हजार ६९६ तथा कर्मचारीको १७ हजार ४७८ कित्ता छुट्याएको थियो । त्यसबाहेक बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि १२.३९ गुणा बढीले आवेदन दिएपछि शेयरको बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ ।
इदी मर्दीको शेयर ८१ हजार २७३ जनाले पाउने भएका छन् । ४ लाख ७६ हजार बढी आवेदकको हात खालि हुने भएको छ । ३१ करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको शेयर बाँडफाँटपछि उक्त पूँजी ४२ करोड पुग्ने भएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



