शनिबार अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ७८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ ।

आजको मूल्यसूची