प्रि ओपन सेसन : नेप्सेमा ०.१४ अंककाे बृद्धि

-



     सफल आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ भदाै । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेकाे छ । यस सेसनमा नेप्से ०.१४ अंकले बढेकाे हाे ।

नेप्सेमा ०.१४ अंकले बढेर १९९८.१४ विन्दुमा उक्लिएकाे छ । प्रि ओपन सेसनमा १२ वटा कम्पनीहरुको १ हजार १२४ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ३ लाख बढीको कारोबार भएको छ ।

यस सेसनमा १६ वटा कम्पनीहरुकाे सेयर कारोबार भएको छ। जसमा ४ कम्पनीको सेयरकाे भाउ बढेकाे छ । ८ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ । अन्यकाे भाउमा परिवर्तन भएको छैन ।