
काठमाडौं, ५ भदाै । सर्वसाधारणका लागि सेयर (आइपीओ) जारी गरेकाे पहिलो दिनमा नै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे सेयरमा मागभन्दा बढी चार गुणा बढी आवेदन परेकाे छ।
सिडिएससीका अनुसार आज साँझ ५ः०७ बजेसम्म ३ लाख १ हजार ८७५ जना आवेदकले ३४ लाख २२ हजार २० कित्ताका लागि आवेदन पेश गरेका छन् । जाे ३९ करोड ६९ लाख ५४ हजार ३२० रुपैयाँ बराबरको आवेदन हो । कम्पनीले १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँकाे दरले ७ लाख १२ हजार २२० कित्ता सेयर खुलाएकाे हाे ।
कम्पनीकाे जारी पुँजी रुपैयाँ ५७ करोड २० लाख ६४ हजार ७०० रहेकाे छ । ८ लाख ५८ हजार ९७ कित्ताबाट ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । ४२ हजार ९०५ कित्ता सामूहिक लगानी काेषका लागि रहेकाे छ । १७ हजार १६२ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ भने बाँकी रहेकाे सेयर सर्वसाधारणका लागि खुल्ला गरिएकाे हाे ।
सेयरमा आवेदन दिने मिति भदौ ८ गतेसम्म ताेकिएकाे छ । लगानीकर्ताले घटीमा १० र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




