
काठमाडौं, ६ भदाै । ग्रीन भेन्चर्स लिमिडेटको नाफा बढेको छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणअनुसार कम्पनीकाे खुद नाफा १९०.३८% ले बढेकाे छ । यसरी बढेकाे नाफा ३१ करोड ९० लाख ५९ हजार रहेकाे छ ।
कम्पनीकाे अघिल्लो वर्षको साेहि अवधिकाे नाफा १० करोड ९८ लाख ७६ हजार रहेकाे थियो । गत वर्ष विद्युत् बिक्रीकाे अम्दानी बढेपछि कम्पनीले खुद नाफा कमाउन सफल भएकाे हाे ।
यस अवधिमा विद्युत् बिक्रीबाट भएकाे आम्दानी ६३.८६% ले बढेकाे देखिन्छ । जाे बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रहेकाे छ । अघिल्लो वर्ष याे नाफा रु ९४ करोड २५ लाख ५८ हजार रहेकाे थियो । सञ्चालन आम्दानी रु ९४ कोड २ लाख ५१ हजार रहेकाे छ । याे अघिल्लो वर्ष रु ५६ करोड ४५ लाख १६ हजारमा सिमित थियाे । र
कम्पनीकाे इपीएस पनि बढेकाे छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाबाट बढेर १० रुपैयाँ २१ पैसा कायम भएकाे छ । नेटवर्थ १०७ रुपैयाँ २२ पैसा रहेकाे छ ।
कम्पनीकाे चुक्ता पुँजी रुपैयाँ ३ अर्ब १२ करोड ५० लाख रहेकाे छ । जसकाे जगेडा कोषमा रुपैयाँ २२ करोड ५५ लाख २५ हजार सञ्चित रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




