सिटिजन लाइफकाे आईपीओ भदाै १५ देखि आउदै

-



     सफल आवाज    
     भाद्र ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ भदाै । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा सेयर (आईपीओ) खुलाउने तयारी गरेकाे छ । कम्पनीले भदौ १५ गतेबाट प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थपेर प्रतिशेयर २४४ रुपैयाँमा सेयर जारी गर्ने भएकाे हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर र निष्काशनकाे स्वीकृति पाएको थियो। ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि जारी गरिसकिएकाे छ।

रुपैयाँ १ अर्ब ६ करोड ८७ लाख ५० हजार बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरबाट ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारमा रहेकाहरुकाे लागि रहेकाे छ । ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुमा वितरण भइसकेकाे छ। बाँकी रहेको ९० लाख कित्ता सर्वसाधारणका लागि जारी भएकाे हाे ।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले भदाै १९ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिभित्र माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा भदौ २९ गतेसम्म आवेदन दिन पाइनेछ । यसका लागि घटीमा १० तथा बढीमा १५ लाख कित्ता माग गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो शेयर अनलाइबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।