पाण्डेकाे सपथ ग्रहण आज

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मङ्सिर। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा निर्वाचित स्याङ्जाका मोहनप्रसाद पाण्डेकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण आज दिउँसाे १ वजे हुँदैछ ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त पद रहेकाे थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । पाण्डेलाई सभामुख अग्नीप्रसाद सापकाेटाले संघीय संसद सचिवालयमा सपथ ग्रहण गराउने छन् ।