आज सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बजारमा सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।