सुनकाे मुल्य ५ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १० हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।