अमेरिकी डलरको भाउ घट्दै, यूरोलागयत अन्यको बढ्यो

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ४६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ ।

आजको मूल्यसूची