झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार ५ अर्ब नजिक

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक २.८२अंकले घटेको छ । नेप्से परिसूचक २.८२ अंकले घटेर १ हजार ७ सय ७९ दशमलव ७२ अंकमा झरेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन ६ अर्ब ९० करोड रुपैयाँ भन्दा माथि पुगेर नयाँ रेकर्ड नै कायम भएको थियो ।

तर सोमबार भने ५ अर्ब रुपैयाँ पनि पुग्न सकेन । दिनभर भएका ४४ हजार बढी कारोबारबाट १ सय ९८ कम्पनीका करिब सवा करोड सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ ।