सेल्सवेरीकाे ‘म्याजिक मनसुन अफर’ मा ३० प्रतिशत सम्म छुट पाइने

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ भदाै। सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ । सेल्सवेरीमा सपिङ गर्ने सबै ग्राहकले याे अफर अन्तर्गत भदौ महिनाभरी अधिकतम ३० प्रतिशतसम्मकाे भारी छूट प्राप्त गर्न सक्ने भएका छन ।

रक्षावन्धन, गाइजात्रा, कुशे औशी र तीजलाई लक्षित गरी याे अफर ल्याइएको सेल्सवेरीले जनाएकाे छ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने याे मनसुन अफर अन्तर्गत वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।

इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले याे बिशेष अफर ल्याएको सेल्सवेरीका अपरेसन प्रमुख दयाल गिरीले जानकारी दिएका छन।

यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखराकाे सेलवेजका सबै शाखाहरुमा समेत लागु हुने अपरेसन प्रमुख गिरीले बताए। याे बिशेष अफरकाे फाइदा लिन सम्पुर्ण ग्राहक बर्गमा सेल्सवेरीले अनुराेध गरेकाे छ ।