
काठमाडौं, ९ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक वर्ष २०७५/२०७६ को मुनाफबाट ३५ प्रतिशत लाभांस वितरण गर्ने बताएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांस वितरणको प्रस्ताव गरेको हो । यसका लागि कम्पनीले मंसिर ३० गते साधारण सभा डाकेको छ ।
साल्ट ट्रेडिङले साधारण सभाबाट पारित गर्नका लागि २५ प्रतिशत बोनस र १० प्रतिशत नगरसहित जम्मा ३५ प्रतिशत लांभास वितरणको प्रस्ताव गरेको हो । यो लाभांस साधारण सभाले पारित गरेपछि कम्पनीले वितरण गर्ने भएको छ ।
साधारण सभाको लागि कम्पनीले मंसिर १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसका लागि मंसिर १४ गतेसम्म कायम भएका शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्ने र लभांसका हकदार हुनेछन् ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम कर्पोरशनको हालको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३ करोड ८३ लाख ९३ हजार ९५० बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव हुनेछ ।
यस्तै कम्पनी ऐन २०६३ को दफा १०५ को (१)को खण्ड (ख) अनुसार ऋण सुविधा लिने स्वकिृतीका बारेमा साधारण सभामा छलफल गरेर पारित गरिने भएकाे छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



