
काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । दुईदिन अघि उकालो लागेको नेप्से एकदिन पनि टिक्न नसकि ओरालोमा यात्रामा गएपछि लगानीकर्ताहरुको मनोबल घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१३ अंकले घटेर ३८१.७१ विन्दुमा रहेको छ ।
१३ वटा उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३८ लाख ३ हजार २४४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा माछापुच्छ्रे बैंक लिमिटेडको सेयरको कारोबार भएको छ । बैंकको १० करोड ९ लाख १ हजार २९७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ७.९४ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




