अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घट्यो

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।