त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



त्रिशूली, ९ मंसिर । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ ।

अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिए ।