अप्पर तामाकोशी हाइड्रोकाे हकप्रद सेयर आजदेखि खुल्ला

-



     सफल आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ भदाै । अप्पर तामाकोशी हाइड्रोपावरकाे १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आजदेखि खुल्ला भएकाे छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्रीमा ल्याइएकाे हाे ।

यसअनुसार हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ १ कित्ता सेयर बिक्री गरीने भएकाे छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १० करोड ५९ लाख कित्ता हकप्रद बिक्रीमा ल्याएकाे हाे ।

कप्पनीले हकप्रद खुलाउनका लागि साउन २६ गते बुकक्लोज गरेको थियो। हकप्रद सेयरमा लगानीका लागि शेयरधनीहरुले साउन २५ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सेयर भर्ने मिति असोज ७ गतेसम्म ताेकिएकाे छ । यसका लागि लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकका तोकिएका शाखाहरुहरुबाट आवेदन दिन पाउनेछन्। साथै सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन पाइनेछ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयरकाे बिक्रीपछि यसकाे आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।