सिटिजन्स म्युचुअल फण्ड २-लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ भदौ । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। लाभांश वितरण प्रयोजनका लागि फण्डकाे मङ्गलबार भाेलि भदौ १९ गते बुकक्लोज गरिने भएकाे छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार फण्डले वितरण गर्ने प्रतिफल पाउनका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरु लाभांश  प्राप्तिका हकदार हुनेछन्।

यसअघि सिटिजन्स म्युचुअल फण्ड २ बाट इकाईधनीहरुका लागि कर सहित ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएकाे थियो। यस फण्डको योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।