समृद्धि फाइनान्सको १८ लाख बढी सेयर लिलामीबाट विक्री गर्ने

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि अवितरित १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ ।

यसअघि समृद्धिले असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म ३६ लाख ३९ हजार ६०६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर १७ गतेसम्म तोकिएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू.१८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।