सुनचाँदी दुबैको भाउमा गिरावट, बजार मूल्य कति ?

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको जानकारी गराएको हो ।

छापावाल सुन ताेलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।