सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ भदौ । साताको सुनचाँदीको कारोबार हुने आज शुक्रबार अन्तिम दिन हो । नेपाली बजारमा यसदिन सुनचाँदीको भाउमा केहि तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको बताएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।