
काठमाडौं, २४ भदाै । माण्डु हाइड्रोपावरको सेयर (आइपीओ) बाँडफाँड आज सकिएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान गरिएकाे गोलाप्रथाबाट १ लाख २० हजार ५३२ जनाले सेयर हात पारेका छन् । उनीहरुले १० कित्ताका दरले सेयर हात पारेका हुन्।
कम्पनीका अनुसार सेयरमा १० लाख १६ हजार ७१४ जनाकाे आवेदन पेश भएकाेमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द गरिएकाे थियाे । योग्य मानिएका ८ लाख ७२ हजार ८३७ जना आवेदकहरुबीच गोला हालिएकाे हाे ।
भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर प्रिमियममा जारी गरिएकाे थियाे । रुपैयाँ १०६ प्रिमियम थपेर प्रतिकित्ता रुपैयाँ २०६ रुपैयाँ दरले सेयर जारि गरिएकाे हाे ।
सेयर लगानीकर्ताले सेयर परे नपरेकाे बारेमा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबपेज, मेरोसेयरकाे अकाउन्ट तथा माण्डु हाइड्रोपावरको वेबसाइटब तथा सीडीएस एन्ड क्लियरिङकाे वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट थाहा पाउन सक्नेछन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




