सुन तोलाको १ लाख ११ हजार ९ सयमा झर्यो, चाँदी पनि घट्याे

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने आईतबार आज पहिलो कारोबार हुने दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५५ ले घटेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।