नेप्से १९४२.६८ विन्दुमा उक्लियो, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदौ । केहि दिनको ओरालाको यात्रालाई बिश्राम दिदैं नेप्सेले उकालोको यात्रा तय गरेको छ । नेप्सेको उकालोको यात्राले केहि सुधार आउँछ कि भन्ने लगानीकर्ताको अपेक्षा रहेको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंकको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३२ अंकले बढेर ३७३.९० विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये १ वटामा मात्रै रातो लागेको छ । बाँकी १२ वटामा हरियो लागेको छ ।

यसदिन कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४३ लाख १४ हजार ४१७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७२ करोड २ लाख १२ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ५६ लाख १९ हजार ९९८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी सूर्योदय बोमि लघुवित्त बित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १०.०० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ ।