सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बृद्धि भई तोलाको रुपैयाँ १ हजार ४ सयमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।