बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     भाद्र २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सनको भाउ स्थिर रहेको छ । चाँदीमा सामान्य रुपैयाँ ५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा परिवर्तन भएको छैन । चाँदीमा रुपैयाँ ५ ले घटेर कारोबार भईरहेको छ ।

छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा नै कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।