
उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल
काठमाडौं, ९ मंसिर । लगानी मैत्री नीति निर्माण गर्न सरकारलाई निजी क्षेत्रका प्रतिनिधिहरुले सुझाव दिएक छन् । छैठौँ अन्तर्राष्ट्रिय उद्योग दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।
छलफमाल नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड, मन्त्रालयका सचिव बैकुण्ठ अर्याल सहभागी थिए । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल लगायत सहभागी थिए ।
नेपालमा सञ्चालित उद्योगहरु सञ्चालनका लागि सहज वातावरण बनाउनु पर्नेमा व्यवसायीको जोड थियो । महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले व्यवसायीमैत्री नीति निर्माण हुनु पर्ने बताए । परिसंघका निवर्तमान अध्यक्ष शर्माले सरकारले विभिन्न देशका उदाहरणहरु दिदै त्यहाँबाट नेपालले केहि सिक्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले भने निकै कडा अभिव्यक्ति दिए । उनले सरकारले बोल्ड निर्णयहरु गर्न नसकेका कारण पनि नेपाली उद्योगहरुको विकास हुन नसकेको बताए । आफूहरुले धेरै पटक ज्ञापन पत्र बुझाएको र धेरै पटक सुझावहरु दिदा समेत सरकारले त्यसको कायाृनव्यन गर्न नसकेको उनले बताए ।
१५ वर्ष अघि दिएको सुझावहरु कार्यान्वयन गर्न सकेको मात्रै भए पनि अहिले देशका उद्योगहरुको विकास निकै राम्रो हुने र मुलुकको अर्थतन्त्रको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने उनको भनाई थियो ।
कार्यक्रममा राज्यमन्त्री दुगड र मन्त्री भट्टले धेरै राम्रो सुझावहरु आएको भन्दै निजी क्षेत्रसँग मिलेर अघि बढ्ने धारणा राखे । उनीहरुले पुनः यस्ता विषयमा बसेर छलफल गर्ने बताएका छन् ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



