दुग्ध तथा दुग्धजन्य परिकार खुला रूपमा बिक्री वितरण नगर्न महानगरको निर्देशन

-



     सफल आवाज    
     भाद्र २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ भदौ । काठमाडौं महानगरपालिका अन्तरगतकाे कृषि तथा पशुपंक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत डा अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन।

“खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम संञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ”, सूचनामा भनिएको छ ।