
काठमाडौं, २९ भदाै । मिड सोलु हाइड्रोपावरकाे सेयर आईपीओ मा आजदेखि आवेदन दिन पाइने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि सेयर खुलाएकाेले सेयर भर्न सकिने भएकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर बाँडफाँड भइसकेकाे छ ।
कम्पनीले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड गरिसकेको छ। ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ।
सर्वसाधारणका लागि याे दोस्रो चरण हाे । कम्पनीले १४ हजार ९६८ कित्ता कर्मचारीहरुका लागि र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकाे छ । बाँकी रहन गएकाे ६ लाख २१ हजार १७२ कित्ता सर्वसाधारणका लागि जारि गरेकाे हाे ।
लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सेयरमा असोज २ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




