विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि स्थिर रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८७ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

आजको मूल्यसूची