प्रि ओपन सेसन : नेप्सेमा २‍.९२ अंककाे बृद्धि

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ भदाै । आज आइतबार साताको सेयर काराेबार हुने पहिलो दिन हाे । यसदिनकाे प्रि ओपन सेसनले सकारात्मक सन्देश दिएकाे छ । नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २.९२ अंकले बढेकाे छ।

नेप्सेकाे अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.३९ विन्दुमा उक्लिएकाे थियाे । आज नेप्से प्रि ओपन सेसनमा २.९२ अंकले बढेर २००९.९८ विन्दुमा चढ्दा सेन्सेटिभ इण्डेक्स स्थिर देखिएकाे छ।

यसदिनकाे प्रि ओपन सेसनमा ३५ वटा कम्पनीहरुकाे १२ हजार ८२८ कित्ता सेयरकाे खरिदबिक्रीबाट ६३ लाख १४ हजार ३९२ रुपैयाँ ९० पैसा बराबरको काराेबार भएकाे छ ।

याे सेसनमा १० वटा कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । १५ वटाकाे सेयरमूल्य घटेको छ। २ वटाकाे सेयरमूल्यमा कुनै फेरबदल भएकाे छैन अर्थात स्थिर रहेको छ।