
काठमाडौं, ३१ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । लामो समयसम्म सेयर बजारमा छिटपुट बाहेक भईरहेकाे नकारात्मक प्रभावले लगानीकर्ताको मनोबल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा झरेको छ । नेप्सेमा २.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.१२ अंकले घटेर ३७८.६८ विन्दुमा रहेको छ ।
१३ उपसमूहरु सबै राताम्मै भएका छन् । कुल २७८ कम्पनीहरुको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २८ करोड ४ लाख ६५ हजार ६१० रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।
करोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको २७ करोड ५४ लाख ७३ हजार ७२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी शुभम पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




