अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असाेज २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि केहि बढेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९० पैसा र बिक्रीदर १६५ रुपैयाँ ६४ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८६ रुपैयाँ १ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

आजको मूल्यसूची