काराेबार हुने तेश्रो दिन सुनचाँदीको भाउ घट्यो

-



     सफल आवाज    
     असाेज ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले जनाए अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।