
काठमाडौं, ५ असोज । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा, पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका, संस्थापक शेयरधनी नविन ढकालले संयुक्त रुपमा गरेका थिए।
मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेकाे साे समारोहमा गण्डकी प्रदेश प्रमुख रिषिराम ढकाल, सहायक प्रदेश प्रमुख शंकर के.सी तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ क्यापिटल लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०६६-१०-२७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम मर्चेन्ट बैंकिङ्ग सम्बन्धी व्यवसाय गर्नका लागि मिति २०६७-४-११ गतेका दिन स्वीकृती प्राप्त गरी मिति २०६७÷४÷१२ गतेदेखि आफ्नो व्यवसायिक कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयहरुबाट करिब १,३२,००० सेवाग्राहीहरुलाई निक्षेप सदस्य (डिम्याट खाता) सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म रु. ५० करोड भन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीहरुलाई उचित प्रतिफल दिन सफल रहेकोछ । यस संगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करीब चार लाख शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
क्यापिटलले आफ्नो सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, शेयर रजिष्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभुति र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सेवाहरु नारायण्चौर, नक्साल स्थित प्रधान कार्यालयबाट दिँदै आईरहेकोमा अब उपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सक्नुहनेछ । निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पूँजी बजारमा ल्याउँदैछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




