नेप्से परिसूचक ६४.७० अंकले बढ्यो, ५ अर्ब १३ करोड बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० मंसिर । साताको चौथो दिन नेप्से ६४.७० अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६४.७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।

नेप्सेका अनुसार आज कूल १९६ वटा कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८  रुपैयाँको कारोबार भएकाे छ ।आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको छ ।

नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर रु पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । होटल उपसमूह १.०२ विन्दुले ओरालो लाग्दा बैंकिङ ४०.४, व्यापार १७९.९९, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, वित्त १५.२८, निर्जीवन बीमा ३१६.६९, उत्पादन ३००.३३, अन्य ९५.२१, लघुवित्त १०६.८६, जीवन बीमा १९०.४३ र सामूहिक लगानी कोष ०.१५ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेको इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४२ करोड २९ लाख ९८ हजार ५२६ बराबरको कारोबार भयो । यस्तै, पुनर्बीमा कम्पनी रु ३६ करोड ७३ लाख ८४ हजार २७४, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ७९ लाख नौ हजार ८९१, नबिल बैंक रु २९ करोड ६२ लाख ३५ हजार ३३३, नेपाल बैंक रु २३ करोड ४१ लाख ५० हजार ७५०, शिखर इन्सुरेन्स रु २० करोड ६० लाख ९६ हजार २४५ र प्रभु बैंकको रु १९ करोड ६० लाख ७४ हजार २४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा विशाल बजार कम्पनी १०, शिवम् सिमेन्ट १०, एनएमबी माइक्रोफाइनान्स १०, नेपाल पुनर्बीमा कम्पनी ९.९२, अजोड इन्सुरेन्स ९.९१, नेपाल दूरसञ्चार कम्पनी ९.८६, आँखु खोला जलविद्युत् कम्पनी ९.७७, शिवश्री हाइड्रोपावर ९.६८, ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, नेशनल हाइड्रो पावर ५.८०, लक्ष्मी इक्विटी फन्ड ३.६८, सिनर्जी पावर २.०८, युनिभर्सल पावर २.०३, एभरेष्ट बैंक १.९८ जानकी फाइनान्स १.९५ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।