
काठमाडौं, ६ असाेज। सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले ३०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार ‘भेन्डर्स मिट’ कार्यक्रम सम्पन्न गरेकाे छ। साे अवसरमा सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा निर्माण गरेकाे अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सेल्सवेरी टावरबाट छिटै सेवा सञ्चालनमा ल्याउन लागेको समेत घाेषणा गरेकाे छ । सेल्सवेरीकाे याे नयाँ भवन (टावर) मा नेपालकै ठूलो र सुविधा सम्पन्न सपिङ स्टाेर्स हुने दाबी गरिएकाे छ ।

सेल्सबेरीकाे याे अत्याधुनिक भवन डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको बताइएकाे छ । याे भवनबाट यही असोज १२ गतेबाट आंशिक रुपमा सेवा सुरु हुने र केही समयपछि पूर्ण रुपमा सेवा सुरु गर्ने सेल्सवेरी डिपार्टमेन्ट स्टोर्स तथा सेलवेज ग्रुपका प्रमुख संस्थापक सुशीलमान प्रधानाङगले बताएका छन ।
याे अत्याधुनिक भवनमा ग्रोसरी, घरायसी, इलेक्ट्रोनिक्स लगायत बिदेशी ब्राण्डका सम्पूर्ण सामानहरु ग्राहकले खरिद गर्न सक्नेछन् ।यहाँ रुफटप रेष्टुरेन्टसहित स्विमिङ पुलको मज्जा पनि लिन सकिनेछ। स्पा, ज्याकुजी लगायत बारको सुविधा पनि भवनमा उपलब्ध हुने सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सका अपरेशन हेड दयाल गिरीले बताए ।
यो भवन सपिङमा नयाँ गन्तव्यका रुपमा विकसित हुने अपेक्षा गरेका छाैं,प्रमुख संस्थापक प्रधानाङगले भने। नेपालमा पनि अन्तराष्टिय स्तरकाे सपिङकाे सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण सेल्सवेरीकाे यस भवनबाट दिन खाेजेकाे बताइएकाे छ।
सेल्सबेरीका प्रमुख संस्थापक सुशीलमान प्रधानाङगले ग्राहकको माया र बिश्वासका कारण सेलवेज तथा सेल्सवेरीले ३० वर्षसम्म अनवरत सेवा प्रदान गर्न सकेकाेमा खुसी ब्यक्त गर्दै भविश्यमा पनि सबैकाे यस्तै सहयाेगकाे अपेक्षा गरेकाे बताएका थिए ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



