आज अमेरिकी डलरकाे भाउ स्थिर, यूराे बढ्याे

-



     सफल आवाज    
     असाेज ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायत अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रिदर १३३ रुपैयाँ रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७९ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६२ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।

आजको मूल्यसूची