नेप्से ८.७२ अंकले घट्याे, १ अर्ब ५५ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सेयर बजार नकारात्मक लय देखिएको छ । दिनको मध्य पछिको समयमा धिमा गतिमा सुधार देखिएको भएपनि बजार बन्द हुने समयको नजिक पुग्दा भने नकारात्मक लय चुलिदै गएकाे अवस्थामा बजार बन्द भयो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.७२ अंकले घटेर २००१.६३ विन्दुमा झरेको छ । नेप्सेमा ०.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने २.५४ अंकले घटेर ३८३.०७ विन्दुमा रहेको छ ।

१३ उपसमूहरुमध्ये २ वटामा हरियो लागेको छ । बाँकी ११ वटामा रातो लागेको नेप्सेले जनाएको छ । यसदिन कुल २८४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६४ लाख ८३ हजार १०८ कित्ता सेयरको खदिबिक्रीबाट १ अर्ब ५५ करोड २८ लाख ९२ हजार ४ सय रुपैयाँ २८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ५७ लाख २९ हजार २७४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी माइ खोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी शुभम पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।