
काठमाडौं, ९ असाेज । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडकाे सेयर आईपीओ असोज १८ गतेदेखि खुलाइने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर निष्काशन तथा बाँडफाँड गरिसकेपछि सर्वसाधारणका खुलाउन लागेकाे हाे ।
कम्पनीका अनुसार १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सर्वसाधारणमा छुट्याइएको थियो। त्यसबाट १० प्रतिशतले हुने १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारमा गएकाह्यरुकाे लागि निष्काशन भइसकेकाे छ। यसबाट ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि वितरण भइसकेकाे छ।
यस्तै आयोजना प्रभावित क्षेत्रका जनताका लागि पनि सेयर निष्काशन भइ बाँडफाँड गरी सकेपछि बाँकी रहेकाे ९ हजार २०० कित्तासहित १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि खुलाइने भएकाे हाे ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । यसका लागि असोज २२ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेकाे खण्डमा कात्तिक २ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




