
काठमाडाैं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन आज भर्चुअल हुँदैछ । विहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले साधारण सभाको उद्घाटन बालुवाटारबाट गर्ने भएका छन् ।
कोरोना भाइरसकाे महामारीका कारण महासंघको साधारण सभा उद्घाटन जुमबाट हुने भएको हो । महासंघले साधारण सभामा सहभागी हुनका लागि जुमको युजर र पासवर्ड समेत सार्वजनिक गरिसकेकाे छ । उद्घाटन मात्रै नभएर बन्द शत्र समेत जुमबाटै हुने महासंघले जनाएको छ ।

अब के हाेला ?
एकातिर महासंघकाे चुनावी राैनक बढेकाे छ भने अर्काेतिर महासंघकाे साधारण सभाकाे वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वाेच्च अदातमा परेकाे रिट सुनुवाइकाे क्रममा रहेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनलाई अवैधानिक भएकाे संज्ञा दिदैं निर्वाचन रोक्न नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिबशंकर शाहले मंगलबार नै सर्वोच्चमा रिट हालेका थिए ।
सर्वोच्च अदालतले रिटमाथिकाे सुनुवाइ आज बिहान १० बजे गर्दैछ । अदालतले पेशी तारेखमा रिट निवेदक शिबशंकर शाह तथा बिपक्षी गृहमन्त्रालयलाई अदालतमा हाजिर हुन भनेकाे छ । अदालतकाे सुनुवाइ साढे १ घन्टा अगाडी शुरू हुने र महासंघकाे उद्घाटन त्यसपछि साढे ११ वजे हुने समय तालिका रहेकाेले अब के हाेला र निर्णय कस्काे पक्षमा हाेला ? भनेर सबैमा काैतुहलता उत्पन्न भएकाे छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



